२० कार्तिक २०८३, शुक्रबार

भारतको लगानीमा कास्कीमा तीन शैक्षिक संस्थाको भवन निर्माण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले कास्कीको लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टीका उच्च माध्यमिक विद्यालयको उद्घाटन गरेका छन् ।

भारतीय आर्थिक सहयोगमा विद्यालय निर्माण भएको हो । ३७ लाखमा विद्यालय निर्माण गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १०ं२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ ।

यो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आइएको छ । विद्यालयमा अध्ययनरत झण्डै ११०० विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् ।

त्यसै गरी ४८ लाख भारतीय सहयोगमा श्री लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको निर्माण भएको छ । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालीन कार्यक्रम गर्दै आएको छ ।

क्याम्पसले १०ं२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दछ । क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् ।

४१ लाख बराबरको भारतीय सहयोगमा श्री गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पनि निर्माण भएको छ । त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो ।

जसले बिएड, बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ । सन् २०१८को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् ।

नवनिर्मित संरचनाहरूमा सभा हल, कम्प्युटर ल्याब, पुस्तकालयले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित मन्त्री अधिकारीले बताएका छन् ।

उद्घाटन समारोहमा भारतीय दूतावासका मिशन उपप्रमुख डा.अजय कुमार उपस्थित रहेको थियो । डा.अजय कुमारले शनिबार श्री लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको पनि उद्घाटन गरेका थिए ।