२० कार्तिक २०८३, शुक्रबार

कावासोतीमा पनि शुरु भयो त्रिपिटक वाचन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे
कावासोती, १ मंसिर । बरचुली बौद्ध गुम्बाको आयोजनामा कावासोतीमा पनि बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थ विश्वशान्ती त्रिपिटक (कडग्युर) पाठवाचन एवं महापुजा सुरु भएको छ । शनिबारबाट सुरु भएको पाठवाचन ७ गतेसम्म चल्ने छ ।

अभिधम्म पिटक, सुत्त पिटक र विनय पिटकलाई त्रिपिटक भनिन्छ । यी तीन वटालाई बौद्ध साहित्यमा ठूलो ग्रन्थका रुपमा लिइएको छ । अभिधम्ममा बौद्ध दर्शनको पक्षलाई समेटिएको छ भने सुत्तमा सूत्रहरुको व्यवस्था गरिएको छ । त्यसैगरी भिक्षुहरुका आचरणलाई विनयमा राखिएको छ ।

त्रिपिटक पाठ बाचनको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य एवं उद्योगपती बिनोद चौधरीले समुद्घाटन गरे ।

यसअघि त्रिपिटक लुम्विनीमा वाचन भएको थियो । त्रिपटक श्रवणबाट मन, वचन, कर्मले अज्ञानमा भएका कुकर्महरु शुद्ध हुने बिश्वास गरिन्छ ।