
–बिजय चालिसे
कावासोती, ०१ मङ्सिर । सातौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह शनिबारदेखि सुरु भएको छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मुख्य नारासहित शनिबारबाट कर सप्ताह सुरु भएको हो । आन्तरिक राजश्व विभागले विगत झै यस वर्ष पनि मंसिर १ अर्थात शनिबारदेखि ७ गतेसम्म कर सप्ताह मनाउने निर्णय गरेसंगै नवलपुरको कावासोतीमा पनि विहानै प्रभातफेरी निकालिएको छ ।
करदाता सेवा कार्यालय कावासोतीको आयोजनामा बिहान फलफुलचोकदेखि कार्यालय रहेको स्थान थकालीचोकसम्म प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा करदाता सेवा कार्यालय प्रमुख गुणराज पोखरेल, उद्योगवाणिज्य संघ नवलपुरका अध्यक्ष डाँसुराज पोखरेल, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलि , गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनलगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरी पछि कोणसभामा परिणत भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कर तिर्न नागरिकहरुले कन्जुस्याई गर्न नहुने बताएका थिए । हाल १८ लाख करदाता रहेको र आगामी ५ वर्षमा ३० लाख करदाता बनाउने लक्ष्य आन्तरिक राजश्व विभागले लिएको छ ।












प्रतिक्रिया