२० कार्तिक २०८३, शुक्रबार

हत्या गरेर शव घिसार्दै गरेका व्यक्ति पक्राउ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ मंसिर । कैलालीको धनगढीमा विजय थापाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–४ नजिकै शुक्रबार राति ९ बजे स्थानीय थापाको हत्या भएको हो ।

थापाको हत्या गरी शव घिसार्दै लैजाने क्रममा हत्याको आरोपमा धनगढी उप–महानगरपालिका–४ कै आषिश सेटीलाई प्रहरीले पक्राउ गरेको छ ।

घाइते सेटीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । विजयको शव पनि अस्पतालमै छ । आषिशलाई गस्तीमा गएको टोलीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।

घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि वलीले बताए ।