शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

‘निर्मलाको न्यायमा प्रदेश सरकार गम्भीर छ’

दैनिक नेपाल २०७५ कार्तिक ३० गते २०:३०

भीमदत्तनगर, ३० कात्तिक । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले १३ वर्षीया निर्मला पन्त हत्यामा सुदूरपश्चिम प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ढोका अगाडि धर्नामा बसेका निर्मलाका बुबा÷आमालाई भेट्न आज यहाँ आउनुभएका मन्त्री शाहले निर्मलाको न्यायका निम्ति प्रदेश र सङ्घीय सरकार लागि परेको जानकारी दिनुभयो ।

“दोषीलाई कारवाही गर्न सरकार आफ्नो ठाउँबाट लागेको छ ।” उहाँले भन्नुभयो, “सही अनुसन्धानबाट दोषी पत्ता लागोस्, पीडितलाई न्याय मिलोस् ।” घटनाको नयाँ ढङ्गले अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित