२० कार्तिक २०८३, शुक्रबार

शिक्षा क्षेत्रका लागि २० प्रतिशत बजेट विनियोजन गर्न माग

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, ३० कार्तिक । नेपाल शिक्षक महासंघले शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ । गुणस्तरीय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणा पत्रमा प्रकट भएका प्रतिवद्धता अनुसार शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत र कुल ग्राहस्थ उत्पादनको ४ प्रतिशत रकम विनियोजन गर्न माग गरेको हो ।

महासंघको राष्ट्रिय कार्यक्रम अन्र्तगत शुक्रबार शिक्षा विकास तथा समन्वय ईकाई सल्यानको परिसरमा पनि धर्ना तथा विरोध सभा गर्दै नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति सल्यानले यस्तो माग गरेको हो । शिक्षक महासंघ सल्यानले बिहान १० बजे देखी दिउसो २ बजेसम्म धर्ना गरी विरोध सभा समेत गरेको थियो ।

महासंघले निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोही अनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाइ स्थायी दरबन्दी रुपान्तरण गर्नुपर्ने लगायत २६ बुदे माग राखेको छ ।

महासंघका सल्यान अध्यक्ष मधुसुधन गिरीले अनिवार्य र निःशुल्क शिक्षा व्यवहारमा लागु हुनुपर्ने, संवैधानिक स्तरको शिक्षक सेवा आयोग, राष्ट्रिय शिक्षा आयोग जस्ता विद्यालय शिक्षाको सुधारको लागि गठन गरिनुपर्ने, औचित्य र प्रभावकारीता आधारमा नमुना विद्यालय घोषणा गरिनुपर्ने लगायतका माग राखेर धर्ना तथा विरोध सभाको आयोजना गरेको बताए ।

उनले विगतदेखि नै शिक्षण पेशाको अधिकारको सुनिश्चितता गर्न र समग्रमा शिक्षण पेशाको स्तोरोउन्नतिका लागि निरन्तर सोहादपूर्ण रुपमा आफ्ना मागहरु राखिएको तर वेवास्ता गरिएकाले विरोध तथा धर्ना कार्यक्रम गर्नुपरेको बताए । उनले आफ्ना माग पुरा नगरे कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिए ।

यसैगरी महासंघले शिक्षासम्बन्धी हरेक अङ्गमा आफूहरुको अनिवार्य उपस्थित गराउन समेत माग गरेको छ । असोज २१ गते देखि आन्दोलनका कार्यक्रम गर्न शुरु गरेको महासंघले मंसिर २१ गते सम्म आन्दोलका कार्यक्रमहरु गर्ने जनाएको छ ।