
काठमाडौँ, ३० कात्तिक । प्रधानसेनापति पूर्णचन्द्र थापासँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गरेका छन् ।
जङ्गी अड्डामा शुक्रबार भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।












प्रतिक्रिया