२० कार्तिक २०८३, शुक्रबार

गैसस महासंघ अछामको अध्यक्षमा ढुङ्गाना निर्वाचित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ३० कार्तिक । गैरसरकारी संस्था महासंघ अछामको सातौं जिल्ला अधिवेशनबाट टंक ढुङ्गानाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

रुडेक नेपाल अछामका अध्यक्ष ढुंगाना आगामी ३ बर्षका लागि अध्यक्ष चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्षमा जनक बटाला, सचिव विमला शाही, कोषाध्यक्ष विन्दु रावल, सहसचिवमा ढकेन्द्र कुँवर चयन भएका छन् । यस्तै सदस्यमा तपेन्द्र कुँवर, सरस्वती नेपाली, समिता महर, मानबहादुर कुँवर, पुन्ना कुँवर, टेकबहादुर खड्का चयन भए ।

अध्यक्ष ढुङ्गानाले अछामको गैरसरकारी संस्थाको विकासको लागि आफू सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका सम्पूर्ण गैरसरकारी संस्थालाई महासंघ अछामको मातहतमा ल्याउने पनि बताए ।