२० कार्तिक २०८३, शुक्रबार

अरिङगालको टोकाइबाट बालकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, ३० कात्तिक । अरिङ्गालको टोकाइबाट दैलेखमा एक बालकको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट दुल्लू नगरपालिका–८ द्वारीचाखाका टिपुरी नेपालीका कान्छो छोरा तीन वर्षीय महेश नेपालीको ज्यान गएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह विष्टका अनुसार हिजो दिउँसो बारीमा अरिङ्गालको गोलामा ठूला केटाकेटीले ढुङ्गा हानेपछि भाग्न नसकेका ती बालकलाई अरिङ्गालले टोेकेको थियो ।

घाइते भएलगतै अभिभावकहरुले घरमै औषधि गर्न थालेको ढिला गरी दुल्लू अस्पताल लगिएकाले उपचारकै क्रममा ज्यान गएको दुल्लू अस्पतालका स्वास्थ्य सहायक खड्कबहादुर शाहीले जानकारी दिए ।