शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

एपीएफ टोेलीद्वारा चोरीपैठारीको टेन्टसहित एक जना पक्राउ

दैनिक नेपाल २०७५ कार्तिक २९ गते १७:००

काठमाडौँ २९ कार्तिक । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ स्थित त्रिवेणी चोकबाट एपीएफ टोलीले भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करीव ४९ हजार रुपैयाँ बराबरको टेन्टसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सरावल गाउँपालिका ५ बस्ने २२ वर्षिय वशिष्ठ थारु छन् । सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वाटर रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले लु १ ज ३४२८ नम्बरको महिन्द्रा पिकअप गाडीमा जाँच गर्ने क्रममा सामान फेला परेपछि गाडी समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेका थारुलाई बरामद टेन्ट तथा गाडीसहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको छ ।

यसैबीच, सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ५ बाट करीव ३ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा समेत बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली सोही ठाउँमा भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण हेक्वाटर सुनसरी नम्बर ३ गणबाट खटिएको एपीएफ टोलीले लत्ताकपडा बरामद गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित