२१ कार्तिक २०८३, शनिबार

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कार्तिक । प्रहरीले चाेरीको माेटरसाइकल सहित २ जनालाई पक्राउ गरेको छ ।

चोरी गरी ल्याउँदै गरेको मोटरसाइकल सहित बारा सिमरा घर भई हाल काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुबाष तामाङ र काठमाडौं चावहिल बस्ने २१  वर्षीय प्रदिप नेपालीलाई मंगलबर बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-५ कालोपुलस्थित प्रहरीले जाँच गर्नेक्रममा  बा .९६ प ७१७७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।