२१ कार्तिक २०८३, शनिबार

कपनमा श्रीमतीको हत्या गर्ने सुवास राई पक्राउ

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । काठमाडौंको कपनमा श्रीमतीको हत्या गरेको अभियोगमा खोटाङका ४० वर्षीय सुवास राई पक्राउ परेका छन् ।

उनले छुरा प्रहार गरी ३५ वर्षीया प्रमिला राईको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सुवासले प्रमिलाको छाती, पेट, टाउको र ढाडमा छुरा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी प्रमिलाको अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने सुवासलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

कपनमा होटेल चलाउँदै आएकी प्रमिलाको होटेलमा आउने ग्राहकसँग नाजायज सम्बन्ध रहेको आरोप लगाउँदै सुवासले छुरा प्रहार गरेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले शंकाका आधारमा उब्जिएको विवादपछि सुवासले छुरा प्रहार गरेको अनुसन्धानबाट देखिएको बताए ।