२१ कार्तिक २०८३, शनिबार

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड, लाखौँको क्षति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २६ कात्तिक ।  मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ ।

विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियोे । सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिनुभयो ।

विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाकासाथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उहाँले बताउनुभयो ।

उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ ।

प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताउनुभयो । तोडफोड गरिएका कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् । –रासस