२१ कार्तिक २०८३, शनिबार

पर्वतमा २ सय ८१ सवारी साधनलाई कारर्वाही

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय पर्वतले संयुक्त रुपमा दशैँ–तिहारमा मात्रै २ सय ८१ ओटा गाडी तथा गाडी चालकलाई कार्वाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार कार्वाहीबाट २ लाख २९ हजार राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय पर्वतले जिल्ला प्रहरी कार्यालय पर्वतको समन्वयमा दुर्घटनामुक्त चाडपर्व अभियान सञ्चालन गरेको थियो ।

दसैंभन्दा केही दिन अघिदेखि प्रहरीले गएका वर्षमा घटेका घटनाहरुलाई मध्यनजर गर्दै यो अभियान कडाईका साथ लागू गरेपछि कार्वाहीको संख्या बढेको हो ।

प्रहरीले रक्सी खाएर सवारी चलाउने नौजना चालकलाई कार्वाही गरेको छ । जसमध्ये बेनीदेखि बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख ७०३० नम्बरको यात्रुबहाक बसका चालक दलबहादुर पन्तलाई सार्वजनिक मुद्धासमेत दायर गरेको छ ।

पन्तले रक्सी खाएर सवारी चलाउँदा बस अनियन्त्रित भई बसमा सवार बागलुङ नगरपालिका १० की २३ वर्षीया गीता परियार बसबाट खसेर घाइते भएका थिए । पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रमाणित भएपछि कार्वाहीका लागि मुद्धा दायर गरेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रहरीले बढी भाडा लिएको भन्दै ७ वटा गाडी र क्षमता भन्दा बढी यात्रु बोकेको भन्दै ४० ओटा गाडीलाई कार्वाही गरेको छ । यस्तै अन्य २ सय २५ सवारीसाधनलाई विभिन्न कसुरमा कार्वाही गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।