रुपन्देही, २५ कात्तिक । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बुटवल योगीकुटीका दुर्गा बहादुर घर्तीलाई भैरहवाबाट पक्राउ गरेको छ ।
कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ रठेपानीमा कार्तिक २२ गते श्रीमती शर्मिलाको हत्या गरेको अभियोगमा प्रहरीले घर्तीलाई शनिबार अपरान्ह सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बसपार्कबाट पक्राउ गरेको हो ।
बुटवलको योगीकुटी स्थायी घर भएका घर्तीले पोखरास्थित डेरामा श्रीमती शर्मिलाको हत्या गरी फरार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घर्ती रुपन्देहीमा आएको हुन सक्ने आशंकामा खोजतलासका लागि आग्रह गरेपछि रुपन्देही प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका घर्तीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।












प्रतिक्रिया