२१ कार्तिक २०८३, शनिबार

कुखुरा फार्ममा जुवा खाल, झण्डै चार लाखसहित ३३ जना पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २४ कात्तिक । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले जुवाखालबाट ३३ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित २५ वर्षीया प्रविण त्वातीले सञ्चालन गरेको कुखुरा फार्ममा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ थान कौडासहित रु तीन लाख ८४ हजार २३० बरामद गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

पक्राउ परेका सबैलाई थप अनुसन्धानसहित कारवाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । –रासस