२१ कार्तिक २०८३, शनिबार

अछाममा जुवा खेल्दै गरेका २७ जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, २४ कात्तिक । अछाम जिल्लामा प्रहरीले जुवा खेल्दै गरेका २७ जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ३ स्थित विनायक बजारबाट शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूबाट ४६ हजार ७ सय ५६ रुपैयाँ बरामद गरिएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकरी दिएका छन् ।

शाहीका अनुसार शुक्रबार राति जिल्ला प्रहरी कार्यालयको रात्रि गस्ती टोली विनायक बजार पुगेका बेला बजारमा होहल्लाका साथ जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये २ जना गम्भीर प्रकृतिका विरामी भएकोले छोडिएको छ भने ५ जनालाई जिल्ला प्रहरी कार्यालय र अन्य २० जनालाई इलाका प्रहरी कार्यालय विनायक राखिएको छ । पक्राउ परेकाहरुलाई कानुन अनुसार कारबाही हुने डिएसपी शाहीले बताए ।