काठमाडौं । नेपाली फिल्मका नायक नाजिर हुसेनले दिदी सरु राईको हातबाट भाइटीका लगाएका छन् । सरु उनकी मामाकी छोरी हुन् ।
आमा मीना बेगमले टीका लगाउने गरेका मामाकी छोरीसँग उनले वर्षेनि टीका लगाउँदै आएका छन् । यस वर्ष पनि टीका लगाएपछि उनले फेसबुकमा दिदीसँगको फोटो सेयर गरेका छन् ।
‘दिदी नमन, आमाजीले तपाईको बुवालाई भार्इ बनाएर भाइटीका लगाउन सुरु गर्नु भएको ३७ वर्ष पुगेछ । यो संस्कार उहाँहरूबाट हामीसम्म आइपुगेको छ । जुन बाँचुन्जेलसम्म भइरहोस् । भाइटीकाको शुभकामना’, नायक हुसेनले फेसबुकमा लेखेका छन् ।
नाजिर मुस्लिभ भए पनि उनकी आमा मीना हिन्दु थिइन् । आमाकै प्रभावका कारण आफूलाई दशैं तिहारको रौनकले धेरै छुने गरेको हुसेनले बताएका छन् । हुसेनले आफ्नै दिदीहरूसँग भने टीका लगाउँदैनन् ।















प्रतिक्रिया