मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

दैनिक नेपाल २०७५ कार्तिक २२ गते ११:४२

बनियानी, २२ कात्तिक । झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ ।लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड–७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो ।

मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

प्रसाईंलाई उक्त मुद्दामा जिल्ला अदालतले १२ वर्ष कैद सजाय सुनाएको थियो । उनले २०७३ असोज १० गतेदेखि कैद भुक्तान गर्दै आइरहेको प्रनाउ श्रेष्ठले बताउनुभयो । –रासस 

प्रतिक्रिया
सम्बन्धित