मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

मन जित्न थाल्यो गायिका श्रेष्ठको ‘छोरी नम्बर वान’ले (भिडियो)

दैनिक नेपाल २०७५ कार्तिक २० गते १८:३०

काठमाडौं । गायिका सविना श्रेष्ठले ‘छोरी नम्बर वान…’ गीत ल्याएकी छिन् । गीतसंगीतमा सक्रिय गायिका श्रेष्ठले ‘छोरी नम्बर वान’ ल्याएकी हुन् ।

बुढासुब्बा डिजिटल प्रालिमार्फत रिलिज गरिएको ‘छोरी नम्बर वान’ले राम्रो प्रतिक्रिया पाएको छ । गायिका श्रेष्ठले आफूले गाएका थुप्रै गीतहरुमध्ये यो गीत उत्कृष्ट बनेको बताइन् । ‘मैले धेरै गीत गाएकी छु’, उनले भनिन्, ‘छोरी नम्बर वान राम्रो बनेको छ । चित्त बुझेको छ ।’

गायिका श्रेष्ठलाई गीत संगीतमा लाग्न उनका पतिले प्रोत्साहन दिन्छन् । पतिकै प्रेरणाले गायिका श्रेष्ठले ‘छोरी नम्बर वान’ गीत गाएको उनले बताइन् । ‘श्रीमानको सहयोग रहँदैन थियो भने मभित्रको गायन मर्ने थियो’, उनले भनिन्, ‘दिन प्रतिदिन मेरा गीतहरु राम्रो हुँदै गएका छन् ।’

‘छोरी नम्बर वान’का शब्द राजुबाबु श्रेष्ठले लेखेका हुन् । गीतमा संगीत हरि कर्माचार्यले दिएका छन् । म्युजिक भिडियोका निर्देशन भने गम्भीर विष्टले गरेका छन् ।

निष्मा घिमिरे र सुरेन्द्र बसेलको म्युजिक भिडियोमा अभिनय रहेको छ । गायिका श्रेष्ठले पनि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

गायिका श्रेष्ठले सबै प्रकारका गीत गाउँछिन् । तीज, भजन, आधुनिक, लोक लय सबैमा उनले स्वर दिएकी छिन् । भन्छिन्, ‘आधुनिक गीतहरु मेरो स्वरमा फिट भए जस्तो लाग्छ । मलाई पनि आधुनिक गीतहरु गाउन मन पर्छ ।’

गायिका श्रेष्ठले अरु गीतहरु पनि बनाउँदै छिन् । त्यसका लागि गृहकार्य गरिरहेको उनले बताइन् । गायक मनोजराजसँग संगीत प्रशिक्षण लिएकी श्रेष्ठलाई नृत्य गर्न पनि रुचि छ । सानैदेखिको कला र गीतसंगीतप्रतिको लगावलाई उनले अहिले दर्शक श्रोताका माझ ल्याउन थालेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित