मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

लिलामे माइलो नाटक प्रदर्शनको तयारीमा

दैनिक नेपाल २०७५ कार्तिक २० गते १६:०८


काठमाडौँ । मौलिक र सामाजिक परिवेशमा आधारित नेपाली लोक नाटक लिलामे माइलो प्रदर्शनको तयारी भैरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माईलोको अहिले रिर्हसलको काम तीब्र गतिमा भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिए ।

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँपन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्तासम्म मोरङ जिल्लाको लेटाङ स्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।

नाटकमा कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरणः राज थापा काउचा, कलाकारहरु सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थि, विजय नेपाल, विरेन्द्र खाति, अलविना न्यौपाने, विपना थापा लगायतका कलाकारहरुको भूमिका रहेको छ भने फोटोग्राफि डकुमेन्टेसन युसव गौतम गौतमले गरेका छन् ।

मंसिर १४ देखि पुस ७ गते सम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवहरुमा समेत मञ्चन गर्ने तयारी गरिएको निर्माता गौतमले जानकारी दिए । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमारमा समेत प्रर्दशनको तयारी गरिएको उनले बताए ।

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पूर्वी नेपालका आदिवासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पवद्र्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताए ।

लिलामे माइलो फेमेलि ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथ/निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमद्धारा नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहसन, सँस्कृती, पर्व, गाउँले जीवन यापन गर्नेहरुको जीवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गर्न लागेको बताए ।

चरित्र निर्माण नाटकका लागि महत्वपूर्ण हुने भन्दै निर्देशक न्यौपानेले नाटकलाई यथार्थपरक बनाउन नाटकमा अभिनय गर्ने कलाकारहरुलाई आफूले निभाउनु पर्ने चरित्र माथिको भूमिका निभाउन सहज होस र चरित्र विश्वसनीय होस् भन्ने हेतुले स्थलगत अवलोकन विधिद्धारा चरित्र निमार्ण गर्नका लागि लेटाङ लगेको बताए । नाटकका दर्शकहरुलाई यथार्थता महसुस गराउन विविध खालका विधिहरुको प्रयोग गरिने जानकारी दिए ।

नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ स्पेशल निःशुल्क फोटो प्रदर्शनी समेत राखिने छ भने काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रर्दशनीमा बिक्रिका लागि राखिने छ ।

नेपालमा पहिलो पटक नाटकको प्रोमो भिडियो सार्वजनिक

लिलामे माइलो नाटकको प्रोमोसन भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मगर समुदायमा गाईने प्रख्यात हुर्रा गीत र लाफा नाच देखाइएको छ ।

नाटकको चरित्र निर्माणको लागि मोरङ जिल्लाको लेटाङ, राजारानी आसपासको क्षेत्रमा कलाकार टोली जाँदाको समयमा गरिएका विविध कृयाकलापहरुलाई समेटिएको छ । भिडियो हेर्दा पनि नाटक टोलिले ठूलै मिहेनत गरेको देखिन्छ ।

लिलामे माईलोको ट्रोल बनाउनुस पुरस्कार जित्नुस

लोक नाटक लिलामे माईलोको ट्रोल बनाउनेले नगद रु ५००० ।– पुरस्कार पाउनुको साथै दार्जलिङ भ्रमण २ जनालाई निःशुल्क व्यवस्था गरिएको घोषणा गरेको छ ।

पुरस्कार घोषणा सँगै लिलामे माईलोको ट्रोल तथा युट्युव भिडियो भाईरल हुँदै गैरहेको छ । सामाजिक संजालमा ह्यास ट्याग लिलामे माइलोको रुपमा आईरहेको छ भने फेसबुक, युट्युव, ईन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक सञ्जालमा लिलामे माइलोको ट्रोल भिडियो आईरहेको छ ।

नेपाली लोक नाटक लिलामे माईलोको उत्कृष्ट प्रोमोसन भिडियो, ट्रोल भिडियो, पोष्टर बनाउनेलाई नगद रु ५००० र थप पुरस्कार प्रदान गरिने छ । साथमा लुक्स नेपाल ईभन्ट एन्ड मिडिया प्रालिको लर्फबाट दार्जलिङ टुर प्याकेज निःशुल्क २ जनालाई समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित