मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

अक्षयलाई विद्याले साथ दिने

दैनिक नेपाल २०७५ कार्तिक २० गते ६:५३

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनले १२ वर्षपछि स्क्रिन सेयर गर्न लागेका छन् । सन् २०१९ बाट सुटिङ शुरु हुने ‘मंगलयान’ फिल्ममा उनीहरू एकसाथ देखिनेछन् ।

यसअघि उनीहरूले ‘हे बेबी’मा एकसाथ काम गरेका थिए । भारतको स्पेस प्रोग्रामका विषयमा बन्न लागेको यो तेस्रो फिल्म हो ।

यसअघि ‘सारे जहाँ से अच्छा’ र ‘रकेक्ट्री’ यसै विषयमा बनेका थिए । फिल्मको कथा अमेरिकी फिल्म हिडन फिगर्ससँग मिल्दोजुल्दो भएपछि निर्माता र निर्देशकले स्क्रिप्ट परिवर्तन गर्ने योजना बनाएका छन् ।

फिल्ममा विद्या बालन र अक्षय कुमार वैज्ञानिकको भूमिकामा देखिनेछन् । सोनाक्षी सिन्हा र तापसी पन्नुले पनि काम गर्ने बताइएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित