वीरगञ्ज, २० कात्तिक । प्रहरीले वीरगञ्जबाट अबैध रुपमा नेपाल भित्राउँदै गरेको अवस्थामा दुई लाख भारतीय रुपैयाँ सहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारत बिहार पूर्वी चम्पारण मोतीहारी जिल्ला थाना रक्सौल वडा नं. २२ नागारोड बस्ने वर्ष १९ बर्षका रोहितकुमार शर्मालाई अवैध भारुसहित पक्रेको हो ।
अवैध रुपमा विदेशी मुद्रा वीरगञ्ज रक्सौलको सीमा नाका हुँदै नेपालतर्फ भित्राउँदैछ भन्ने विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकबाट शर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शर्माको साथबाट भारतीय रुपैयाँ ५ सय दरका ४ सय थान अर्थात २ लाख फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनलाई थप आवश्यक अनुसंधानका लागि राजश्व अनुसंधान कार्यालय पथलैयामा बुझाइएको पनि उनले जानकारी दिए ।












प्रतिक्रिया