२१ कार्तिक २०८३, शनिबार

प्रदेश ३ मा पर्यटन विकास आयोजना स्थापना

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १९ कात्तिक । ३ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालयले पर्यटन विकास आयोजनाको कार्यलयको स्थापना गरेको छ । कार्यालयको उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपालले उद्घाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री नेपालले पर्यटनबाट समृद्धिको आधार खोजेको बताए । प्रदेश सरकारले पर्यटनको क्षेत्रमा लगानी गर्ने, प्रोत्साहन गर्नेलगायतका कार्यहरु गर्ने बताए । प्रदेशको सम्बृदिको आधार जलस्रोत, उद्योग, पर्यटनहरु रहेकोले त्यसलाई उजागार गर्ने उनले बताए ।

पर्यटन आकर्षणका लागि जुगल, गणेश हिमाल आरोहण खुाल गर्ने भन्दै मन्त्री नेपालले गौरीशंकर हिमालमा परीपथ निर्माण गरीने योजना रहेको जानकारी दिए । प्रदेश सरकारले तयार पारेका पर्यटनका योजनाहरुको अपेक्षा आयोजनाको कामवाट पुरा हुने बिश्वास उनले व्यक्त गरे ।