२१ कार्तिक २०८३, शनिबार

काँग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ कार्तिक । डोल्पामा भएको जीप दुर्घटनाप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप सोमबार ठूलीभेरी नगरपालिका वडा नं. ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको घटनाप्रति देउवाले गहिरो दुःख व्यक्त गरेका हुन् ।

सभापति देउवाले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् । दुर्घटनामा दुई जना घाइते भएका थिए । घाइतेको उपचार भइरहेको छ ।