काठमाडौं । कपिल खत्रीद्वारा निर्माण गरिएको नेपाली फिल्म ‘भिलेन’ले फस्टलुक सार्वजनिक गरेको छ । ‘भिलेन’लाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।
सोमबार फस्टलुक सार्वजनिक गरिएसँग ‘भिलेन’को रिलिज डेट पनि फिक्स भएको छ । पुस २७ गते रिलिज हुने निर्देशक पाण्डेले जानकारी दिए । ‘भिलेन’मा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतका कलाकारको अभियन रहेको छ ।
बलबहादुर श्रेष्ठ ‘शीतल’ फिल्मका निर्माता हुन् भने सहनिर्मातामा राजकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी रहेका छन् । ‘द ग्लोबल पिक्चर्स प्रालि’को प्रस्तुति रहेको ‘भिलेन’मा पहाड र तराईको मायाप्रेमलाई कथावस्तु बनाइएको छ ।
मौनता श्रेष्ठको लेखन रहेको ‘भिलेन’को छायाँकन सौरभ लामा र मदन कश्यम घिमिरे गरेका छन् । फिल्ममा संगीत बसन्त सापकोटा, लालकुमार बराल र बाबुल गिरीले दिएका छन् ।
















प्रतिक्रिया