५ कार्तिक २०८३, बिहिबार

नेपाली फिल्ममा खेल्न पाउँदा खुुशी छिन् पूर्व पोर्नस्टार सन्नी लियोनी

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्ममा खेल्न पाउँदा खुशी भएको अभिव्यक्ति सार्वजनिक गरेकी छन् ।
बेलामौका नेपाल भ्रमणमा आउने सन्नीले नेपाली फिल्म पासवोर्डमा आइटम नम्बर गरेकी छन् । उनले उक्त अनुभव सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेपाली फिल्ममा खेल्न पाउँदा खुशी भएको बताएकी हुन् ।
उनको अफिसीयल ट्वीटरमा उनले ट्वीट गरेकी छन् । भनेकी छन्,‘नेपाली फिल्म पासवर्डमा खेल्न पाउँदा खुशी छु ।’

सन्नीको आइटम गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । दुर्गा खरेलको आवाज रहेको गीतका शव्द विक्रम जोशीले लेखेका हुन् भने महाराज थापाको संगीत संयोजन रहेको छ ।
गीतमा सन्नी अनुपविक्रम शाहीसँग देखिनेछिन् । फिल्ममा बुद्धि तामांग, रवीन्द्र झा, लिशा सुनार, परी राणालगायतको अभिनय रहेको निर्माण कम्पनी एबी इन्टरनेशनलले जनाएको छ ।