काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले वर्तमान कम्युनिस्ट सरकार हत्यारा, बलात्कारीलाई बचाउन लागेको भन्दै आलोचना गरेका छन् ।
काठमाडौंमा शनिबार गुरुप्रसाद लुइँटेल प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा खतिवडाले निर्मला पन्तका दोषीलाई छिटो पक्राउ गरेर काबरबाही गर्न माग गरे । उनले जनतालाई न्याय दिनुपर्नेमा यो दुई तिहाईको सरकारले अपराधी संरक्षणमा दिन बिताउने गरेको बताए ।
बिगतका निर्वाचनमा दुई वटा निर्वाचनबाट पराजित भएकालाई प्रधानमन्त्री बनाएको भन्दै कांग्रेस नेता खतिवडाले भने, ‘वामदेव गौतमले निर्वाचन लड्ने इच्छा राख्नु कुनै गलत कुरा होइन । आफ्नो जिल्लाबाट हारेर के भयो ? काठमाडौंबाट उठाउनु पर्छ ।’












प्रतिक्रिया