
-बिजय चालिसे
कात्तिक, १६, कावासोती । मालपोत कार्यालय नवलपुरले अनलाईन मार्फत सेवा शुभारम्भ गरेको छ । भूमी व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्ती प्रसाद आचार्यले शुक्रबार मालपोत कार्यालय नवलपुरमा अनलाईन सेवाको शुभारम्भ गरेका हुन् ।
देशभरका जग्गा प्रशासन कार्यालयको एकत्रित तथ्यांक राख्ने उद्देश्यले एल आर आई एम एस एप्लिकेसनमार्फत अनलाइन सेवा शुभारम्भ गरिएकोभूमी व्यवस्था तथा अभिलेख विभागका निर्देशक राम दत्त भट्टले जानकारी दिए । उनका अनुसार देशभर रहेका १३१ मालपोत कार्यालय मध्ये प्राय मुख्य एवं बढी कारोबार हुने कार्यलयमा यो सेवा शुभारम्भ गरिएको छ ।
अहिले सम्म यो कार्यालयसहित देशका ३९ वटा मालपोत कार्यालयमा सेवा शुभारम्भ गरिएको भट्टले बताए । यो सेवा सन्चालनमा आएसङ्गै किर्ते कागज गरि हुने जग्गाको कारोबार ठप्प हुने र राजश्व संकलनमा उल्लेख्य वृद्धि हुने उनकाे दाबी छ । साथै यो सेवाले एक ब्यक्तिको जग्गा कति छ भन्ने सहज रुपमा थाहा हुने र लुकाउन नपाईने पनि उनले स्पस्ट पारे।
यो सेवा सन्चालनमा आएपछी सेवाग्राहीलाई थप सहज हुने कार्यालय प्रमुख एवं मालपोत अधिकृत अशोक कुमार भट्टराईले बिश्वास ब्यक्त गरे । यो सेवा सुरु भएपछी यसअघि एउटाको नाममा पास हुनुपर्ने जग्गा अर्कैको नाममा आउने समस्याको समाधान हुने कार्यालय प्रमुख भट्टराईको भनाई छ ।
सेवा शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल, कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुनलगायतले सेवा शुभारम्भ भएको प्रति खुसी ब्यक्त गर्दै जिल्लालाई प्रबिधी मैत्री बनाउन तर्फ सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।












प्रतिक्रिया