
काठमाडौ, १५ कात्तिक । एनसेल प्राईभेट लिमिटेडले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत बिहीबार आठौं हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
अफर अन्तर्गत आठौं हप्ताका विजेताहरु कार्तिक १३ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाईभ ड्र कार्यक्रम मार्फत छानिएका हुन् ।
एनसेलले आठौं हप्ताका भाग्यशाली विजेताहरु मध्येका चार जनालाई बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जनही नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको हो । एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले आठौं हप्ताका चार विजयीहरु गुल्मीका तिलक कुमाल, कञ्चनपुरका महेश प्रसाद भट्ट, रौतहटका दिवश लामिछाने, र गोर्खाका जितमान बरालीलाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेका हुन् ।
आठौं हप्ताका छानिएका १० विजयी मध्ये दुई जना योजनाको शर्त बमोजिम पुरस्कारका लागि अयोग्य ठहरिएकाले उनीहरुको स्थानमा दुई नयाँ भाग्यशाली विजेता ग्राहकको छनौट नवौं हप्तामा लाइभ ड्र मार्फत नै हुने एनसेलले बताएको छ । दुई नयाँ विजयीहरु आठौं हप्ताका लागि वितरण गरिएको कोड नम्बरहरुबाट नै छानिने छन् ।
प्रत्येक हप्ता १० भाग्यशाली ग्राहकले जनही एक लाख रुपैयाँ जित्ने ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म सञ्चालनमा रहने अफर हो । भाद्र १७ गतेबाट शुरु भएको थियो ।















प्रतिक्रिया