
ललितपुर, १५ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेड र हेफर इन्टरनेशनलबीच महिला शसक्तिकरण र उद्यमशिलता विकास र उत्पादनका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने सम्झौता भएको छ ।
सहकारी बैंक र हेफर मिलेर उत्पादन, संकलन, प्रशोधन, बजारीकरणका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने प्रतिवद्धता सहित सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन् ।
सहकारी बैंक र हेफर इन्टरनेशलबीच भएको सम्झौता बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । सहकारी बैकका प्रवन्ध सञ्चालक के.बी. उप्रेती र हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा.शुभनारायण महतोले संयुक्त रुपमा विज्ञप्ती जारी गरी हेफर इन्टरनेशनलद्वारा प्रवद्र्धित महिला सहकारी संघ संस्थाहरुलाई कर्जा लगायत शिक्षा तथा तालिमका कार्यक्रममा सहकार्य गरिने उल्लेख छ ।
महिलाहरुलाई उद्यमशिल बनाई कृषि, पशुपालन लगायतका क्षेत्रमा क्रियाशिल गराउने र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनाका साथ सहकार्यलाई अगाडि बढाएको सो अवसरमा जानकारी दिइएको थियो ।
महिला र युवाहरुको जिम्मेवारीपूर्ण सहभागिता र प्रविधिको अधिकतम प्रयोगबाट मात्रै उत्पादन बढाउन सकिने भएकाले हेफर र सहकारी बैंक मिलेर उत्पादनमा केन्द्रीत गरिने बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताए ।















प्रतिक्रिया