२१ कार्तिक २०८३, शनिबार

बहुमूल्य पत्थरसहित एक जना पक्राउ

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट,  १५ कार्तिक । प्रहरीले बहुमूल्य पत्थरसहित जाजरकोटबाट एक जनालाई पक्राउ गरेको छ।

जाजरकोटको छेडामा प्रहरीले चेकजाँचका क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१३ का ५१ वर्षीय धर्मबहादुर बस्नेतलाई पक्राउ गरेको हो।

प्रहरीले बहुमुल्य पत्थर अबैध रुपमा चोरी, निकासी भई रहेको भन्ने सूचनाको आधारमा चेकजाँच गर्दा बस्नेतले बोकेको झोलामा तुरमालिन जस्तो देखिने कालो र खैरो पत्थर बरामद गरेको हो।

बस्नेतले चलाएको भे ४ प २४०० नंबरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद गरिएका पत्थर परीक्षणको लागि भूकम्प मापन केन्द्र, वीरेन्द्रनगर सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएको छ।