
काठमाडौं, १४ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले बुधवार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीलाई भेटी निर्माण व्यवसायका समस्याका विषयमा जानकारी गराएको छ ।
महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न निकायहरुले बोलपत्र प्रकाशित गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले यस अघि जारी गरेको परिपत्र पालना नगरेको तर्फ सचिव रेग्मीको ध्यानाकर्षण गराएको थियो ।
सम्पूर्ण कार्यालयलाई स्टान्डर्न विडिङ डकुमेन्टअनुसार बोलपत्र प्रकाशित गर्न निर्देशन जारी भएतापनि सो नियमको वेवास्ता गरी सिमित व्यवसायीहरलाई मात्र लाभ हुने गरी बोलपत्र प्रकाशित भएको जानकारी महासंघले सचिव रेग्मीलाई गराएको छ ।
यस्तो प्रवृत्तिका कारण अधिकांश व्यवसायीहरु निर्माण कार्यमा भाग लिनबाट बञ्चित हुने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघमा गुनासो आएको महासंघ अध्यक्ष सिंहले बताए ।
जवाफमा सचिव रेग्मीले निर्माण व्यवसायीका समस्या समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले जहिले पनि सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।












प्रतिक्रिया