
-मिना बुढाथोकी
सल्यान, १२ कार्तिक । स्वास्थ्य शाखा कपुरकोट सल्यानको वार्षिक समिक्षा गोष्ठी सोमबार शुरु भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा कपुरकोट गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा भएका गतीविधिबारे समिक्षा गर्न गोष्ठी आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारी दिए ।
गोष्ठीको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले हरेक स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन आग्रह गरे । उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कसैको पनि वेवास्ता हुन नहुने बताउँदै स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानीय तहबाटै योजना बनाई अघि बढ्ने प्रतिबद्धता जनाए ।
यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत सुवाष रिजालले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउदै लैजाने बताए । गोष्ठीमा गत वर्ष स्वास्थ्य क्षेत्रमा भएको समस्याको पहिचान, समाधानको उपाय खोजि गरि कार्ययोजना बनाइने स्वास्थ्य शाखा प्रमुख दाहालले जनाए ।
उनले गत आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम केन्द्रीत छलफल, विभिन्न सुचकहरुमाथि टिप्पणि, कार्यक्रमको प्रगतिहरुको बारेमा बृहत् छलफल हुने पनि बताए ।
मंगलबार सकिने समिक्षा गोष्ठीमा गाउँपालिकाभित्र रहेका ४ वटा स्वास्थ्य चौकी, २ वटा स्वास्थ्य इकाइ र एउटा आयुर्वेदिक औषधालयका स्वास्थ्यकर्मीहरु सहभागी छन् ।












प्रतिक्रिया