काठमाडौं, १२ कात्तिक । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका छन् ।
स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बुझाउन आइतबार मन्त्रालय पुगेका उनीहरूले मन्त्रीसँग भेट नपाएपछि मन्त्रालय अगाडि नै धर्ना दिएका हुन् ।
३० वर्षसम्म सरकारी सेवा गरेका आफूहरूको मागलाई सम्बोधन गर्न सरकार तयार नभएपछि मन्त्रालय अगाडि नै धर्ना दिन बाध्य हुनु परेको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका उपाध्यक्ष कुमार राउतले जानकारी दिए ।
उनले आफूहरूको माग सम्बोधन नभएसम्म सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरूले स्वतः स्थायी गर्ने आफूहरुरूको माग सम्बोधन गर्नुको साटो सरकारले स्वच्छिक अवकाशको प्रस्ताव ल्याएकोमा आपत्ति जनाउँदै आईतबारबाट दैनिक एक घण्टा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिन सुरु गरेका छन् ।
उनीहरूले माग सम्बोधन नभए छठपछि देशभर आन्दोलनका कडा कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेका छन् ।












प्रतिक्रिया