२१ कार्तिक २०८३, शनिबार

भारतीय उड्यनमन्त्रीलाई नेपाली इञ्जिनीयरले दिए यस्तो सुझाव

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । भारतीय वाणिज्य, उद्योग तथा नागरिक उड्ययनमन्त्री सुरेश प्रभाकर प्रभुले र नेपाली ईं. दिपेन्द्र कँडेलसँग भारतको नागरिक उड्ययनको विकास र स्तरोन्नतीको लागि छलफल गरेका छन् ।

मन्त्री प्रभाकरको कार्यकक्षमै उनीहरुबीच छलफल भएको कँडेलले जानकारी दिएका छन् । उनले भने,‘भारतीय नागरिक उड्ययनमन्त्रीसँग आईकाओले भारतलाई दिँदै आएको ६६ प्रतिशत अंकबाट ५७ प्रतिशतमा झारेको भनेर पहिलोपटक जानकारी गराउने मान्छे म हुँ । मैले उहाँलाई यो अंक अति नै न्यून हो, यसलाई बढाएर कम्तिमा ८० प्रतिशत पुर्याउनुपर्छ भनेर सुझावसमेत दिएँ । यसो गर्न सकियो भनेमात्रै देशलाई स्तरोन्नती गर्न सक्छौं ।’

कँडेलका अनुसार सन् २०१७ मा सम्पन्न आईकाओको ‘युनिभर्सल सेफ्टी ओभरसाईट अडिट प्रोगाम’ले भारतलाई उक्त अंक दिएको हो । उनले भने,‘आईकाओले भारतलाई दिएको यो अंक निकै कम हो । यो निर्धारित लक्ष्य अकं भन्दापनि कम हो ।’

कँडेलले भारत सरकारसँग यो क्षेत्रको विकास र स्तरोन्नतीको लागि सहकार्य गर्ने ईच्छा व्यक्त गरेका छन् । नेपालमा आधिकारिक रुपमा दर्ता गरिएको कँडेलको थिंक ट्यांक ‘दिपेन्द्र कँडेल ईनिसियटिभ’ ले पनि दक्षिण एशियाली तथा दक्षिण अफ्रिकी देशहरुको नागरिक उड्ययनको अवस्थालाई पनि स्तरोन्नती गर्दै विद्यमान अंकलाई बढाएर कम्तिमा ८० प्रतिशत पु¥याउने कँडेलको उद्देश्य छ ।