११ कार्तिक २०८३, बुधबार

नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल बङ्गलादेशबैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात नेपाल बङ्गलादेशबैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने छन् ।

खल्ती डिजिटल वालेट सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको हो ।