११ कार्तिक २०८३, बुधबार

यी व्यक्तिलाई यौनसम्पर्क गर्न मन लागेपछि बालिकाको ज्यान गयो

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, २८ असोज । धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ । कान्तिपुर दैनिकले समाचचार छापेको छ ।

घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ । एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् ।