११ कार्तिक २०८३, बुधबार

कात्तिक दश गते नेकपाको विशेष कार्यक्रम, घरघरमा निम्तो

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय पर्वहरूको अवसरमा आगामी १० कात्तिकमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

दसैँ, तिहार, छठ, नेपाल सम्बतलगायत पर्वका अवसरमा चियापान आयोजना गरिएको महासचिव विष्णु पौडेलले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रशासनिक र सुरक्षा अंग, नागरिक समाज, विभिन्न पेसा–व्यवसायमा आबद्ध व्यक्तित्वहरू, उद्योगी–व्यवसायीलाई निम्ता दिन नेकपाले ३० हजार कार्ड छापेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रले हरेक वर्ष छुट्टाछुट्टै चियापान कार्यक्रम आयोजना गर्दै आएका थिए ।

तत्कालीन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ सालबाट सुरु गरेको चियापानलाई एमालेले हरेक वर्ष दसैँको पूर्णिमाको भोलिपल्ट निरन्तरता दिँदै आएको थियो भने माओवादीले ०६४ पछि हरेक वर्ष तिहारको अवसरमा चियापान गर्दै आएको थियो । नेकपाले पुरानै निरन्तरतास्वरूप चियापान आयोजना गरिएको जनाएको छ ।