११ कार्तिक २०८३, बुधबार

पानी खेर गयो, उपभोक्ता काकाकुल

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । एडिबीको सहयोगमा निर्माण भएको धरान खानेपानी आयोजनाले अहिले दैनिक एक करोड ६ लाख लिटर पानी उत्पादन गरिरहेको छ । तर, समयमा नै वितरण प्रणाली निर्माण नगर्दा उपभोक्ताले भने पाएका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आयोजनाका अनुसार हाल सातवटा ट्युबेलबाट भूमिगत स्रोतको पानी डिजाइन गरेको लक्ष्यभन्दा बढी उत्पादन भएको छ । चारकोसे जंगलस्थित चारवटा ट्युबेलबाट प्रतिदिन ८० लाख लिटर र कुम्भीआहालस्थित तीनवटा ट्युबेलबाट प्रतिदिन २६ लाख लिटर पानी उत्पादन भइरहेको छ । तर, एउटा सबसिस्टमबाट पानी उपभोक्ताको घरमा पुगे पनि अन्य पाँचवटा सबसिस्टमबाट पानी वितरण हुन सकेको छैन ।

आयोजनाले हाल रेलवे सबसिस्टमबाट खानेपानी वितरण सुरु गरेको छ । अन्य तीनवटा सबसिस्टम बने पनि मुख्य लाइनमा इन्टरकनेक्सन छैन । अरू दुईवटा सबसिस्टमका लागि चाहिने रिजर्भ वेयर विवादका कारण बन्नै सकेको छैन ।