महेन्द्रनगर, २२ असोज । कञ्चनपुरकी १३ वर्षीया बलिका निर्मला पन्तको बलात्कार र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिले बबिता भन्ने अनिता बमलाई शंकाको घेरामा पारेको छ ।
समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामूहिक बलात्कार भएको विश्लेषण गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
निर्मलाका किताबहरू पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती किताबहरू घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।
निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरू ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता भन्ने अनिता र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरू उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरूको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।
समितिले आफ्नो सुझाबमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।
गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनको ३४औं पृष्ठमा भनिएको छ, ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’















प्रतिक्रिया