११ कार्तिक २०८३, बुधबार

स्वास्थ्यकर्मीका माग पूरा, बिरामीलाई सास्ती कायमै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २१ असोज । बिरामीको अत्यधिक चाप हुने पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९ दिनपछि खुलेको छ । स्वास्थ्यकर्मी र कर्मचारीका माग पूरा भए पनि विशेषज्ञ डाक्टर र उपकरणको अभावले बिरामीले पाउने सास्ती भने कायमै छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्थायीलाई स्तरवृद्धि र करारलाई स्थायी गर्नुपर्ने माग राख्दै आन्दोलित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलन गरेपछि बन्द भएको सेवा शनिबारबाट सुचारु भएको हो ।

अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले राखेको माग व्यवस्थापनले पूरा गर्ने सम्झौता गरेपछि उनीहरू काममा फर्किएका हुन् । आफ्ना माग पूरा गर्न दबाबस्वरूप उनीहरूकाम छोडेर अस्पतालपरिसरको पार्कमा सामूहिक धर्नामा बसेका थिए ।

करिब सय कर्मचारीको स्तरवृद्वि र करारमा कार्यरत दुई सय कर्मचारीलाई स्थायी गरिने भएको छ । कर्मचारी युनियनका अध्यक्ष डा। ढाकाकुमार श्रेष्ठले करिब एक दशकअघि स्थायी भएका कर्मचारीको स्तरवृद्वि नभएको र १५–१६ वर्षदेखि कार्यरत कर्मचारी स्थायी नभएकाले आन्दोलनमा उत्रनुपरेको बताए । यसअघि आफ्ना मागमा अस्पताल प्रशासनले बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो ।

यसअघि तत्कालीत अस्पताल विकास समितिका कर्मचारीलाई प्रतिष्ठानमा समायोजन गरी नियुक्तिपत्र दिने र स्थायी प्रक्रिया अघि बढाउने सहमति भए पनि सहमतिअनुसार काम नभएको श्रेष्ठको भनाइ छ ।