११ कार्तिक २०८३, बुधबार

यी हुन् आफ्नै जेठानकी पत्नी ‘उडाउने’ ज्वाइँ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

कञ्चनपुर, २० असोज । भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० वर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिश दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।

मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे प्ष्ट नभएको परिवाले बताएका छन् । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिश दमाई भने एकदमै हैरान भएको बताउँछन् ।

हरिशकी आमा, दिदीसहितले उनीहरूलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।