काठमाडौं, २० असोज । दिवाकर क्षेत्री र प्रभाकर क्षेत्रीका बाबुले उनीहरू सानै छँदा आत्महत्या गरे । बाबुको नाम रुद्र क्षेत्री थियो । धर्म परिवर्तन गरेपछि उनको नाम पनि फरक भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
आमा राई थरकी । बाबुको ठेगाना थाहा छैन । आमाको नामबाट उनीहरू नागरिकता लिन चाहन्छन्, बाबुको थर जोडिएको तथा बाबुको नाम दुवैलाई थाहा छ, तर ठेगान थाहा छैन । उमेरले दिवाकर ४५ वर्ष पुगे । उनले हालसम्म नागरिकता प्राप्त गर्न सकेका छैनन् ।
सुमी ९नाम परिवर्तन० साढे चार वर्षको हुँदा बाबुको मृत्यु भयो । उनकी आमालाई सुमीको बाबुको परिवारले स्वीकार गरेन । सुमी बालिग हुने उमेरमा पुगिन् । अंश दिनुपर्ने बुझेर सुमीका बाबुका आफन्तले उनलाई नागरिकता बनाइदिएनन् । सुमीले आमाको नामबाट नागरिकता लिन प्रयास गरिरहेकी छिन्, तर पाएकी छैनन् ।
शिवानी (नाम परिवर्तन) सानै उमेरमा झापाको काँकडभिट्टास्थित एक होटेलमा काम गर्थिन् । एकजनाले उनलाई अनाथ आश्रममा पु¥याए । शिवानी हुर्किंदै गइन् ।
उनले पहिले काम गरेको होटेलका मालिक को हुन् भनेर खुल्न सकेन । उनका बा–आमाबारे त झन् खुल्न सक्ने कुरै भएन । हाल उनी पनि नागरिकताविहीन छिन् ।
सुनिता ९नाम परिवर्तन०का बाबुको उनी सानो छँदै मृत्यु भयो । आमा उनलाई काकाको घरमा छाडेर बेपत्ता भइन् । आफ्नै काकाकै घरमा हुर्किन् । तर, अंश दिनुपर्ने ठानेर काकाले हालसम्म नागरिकता बनाउन सहयोग गरेका छैनन् । उनी नागरिकताका लागि संघर्ष गर्दै छिन् ।
सविता ९नाम परिवर्तन०का श्रीमान् दुई सन्तान भएपछि एकाएक सम्पर्कविहीन भए । पौडेल थरका उनी अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन् । सविताले श्रीमान् फर्केर आउने आशाले सन्तानको नाम पछाडि पतिकै पौडेल थर राखिन् । सन्तानहरू हुर्किए । बालिग हुने उमेर भयो । बाबुको घर ठेगानासमेत थाहा छैन ।
सविताले आमाको नाममा सन्तानलाई नागरिकता बनाउन प्रयत्न गरिरहेकी छिन् । तर, बाबुको थर सन्तानको नाममा रहेकाले बाबुको पहिचान नभएसम्म नागरिकता नदिने भन्दै प्रशासनले अड्डी कसेको छ ।















प्रतिक्रिया