११ कार्तिक २०८३, बुधबार

‘प्रधानमन्त्री कार्यालयमा राजतन्त्रको छाया’

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । कांग्रेस सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धेरै निकाय गाभेर प्रधानमन्त्री शक्तिशाली बन्न खोजेको भन्दै कार्यालयको प्रगति विवरणबारे चासो व्यक्त गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह, विनोद चौधरीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कामकारबाही तथा प्रधानमन्त्रीकै चर्को आलोचना गरे । ‘धेरै निकायहरू प्रधानमन्त्रीको कार्यालय मातहत राखिएका छन् । नाम मात्रको सतर्कता केन्द्र छ ।

प्रदेशलाई अधिकार दिइएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजतन्त्रको छाया देखिएको छ,’ सांसद सिंहले भने । पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोमा असन्तुष्टि जनाउँदै कांग्रेसकी मिना पाण्डेले मूल्यवृद्धिमा प्रधानमन्त्रीले समेत ठूलो कमिसन पाउने गरेको आशंका व्यक्त गरिन् ।