११ कार्तिक २०८३, बुधबार

अब गाई भैंसीले पनि २५ सय भत्ता पाउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज ।  पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्‍याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ ।

कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पशुचिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो ।

कृत्रिम गर्भाधारण गराउदा उत्पादन वृद्धी हुनुका साथै नष्लमा समेत सुधार आउने उहाँले दावी गर्नुभएकाे अाजकाे नेपाल समाचारपत्रमा समाचार छ ।

कृषकहरुलाई कृत्रिम गर्भाधारण गराउदाका फाइदाको बारेमा कृषक र जनप्रतिनिधीहरु मार्फत गाउँ गाउँमा चेतना फैलाउन थालिएको पौडेलले बताउनुभयो ।

त्यसैगरी दुग्ध सहकारी संस्था मार्फत दूध बिक्री वितरण गर्ने कृषकलाई प्रति लिटर दुई रुपैयाका दरले अनुदान दिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।