काठमाडौं, १५ असोज । सरकारकै दबाबमा चिनियाँ विमान आयात भएको पाइएको छ ।
नेपाल वायुसेवा निगमले चिनियाँ विमानको राम्रो अवस्था नदेखेपछि सरकारलाई पत्रमार्फत पहिला भनिएको जस्तो विमान नपाइएको जनाकारी गराएको थियो ।
उक्त विमान नेपालमा उडान गर्न उपर्युक्त नभएको पाइएका कारण देखाई सरकारलाई पत्राचार गरेको थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
नेपाल वायुसेवा निगममा दोस्रो कार्यकालमा फर्किनुभएका निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यस्तो बताए ।
चीनले सम्झौताबमोजिम २०७१ वैशाखमा पहिलो एमए–६० र कात्तिकमा वाई–१२ई विमान अनुदानस्वरुप दिएको थियो ।
तर केही समयपछि सो विमानमा चरा ठोक्किएको थियो । यो विमान विराटनगरमा १५ दिन ग्राउन्डेड भएको थियो ।
अध्यक्ष खरेलले भने, ‘निगमले विमानको सपोर्ट सिस्टम राम्रो नपाएपछि अब भने विमान आयात रोक्नुपर्छ ।’
उनले विमान आयातको काम रोकी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विमानमा समस्याहरु थपिएकाले अरु विमान नल्याउन लागि पत्राचार गरेका थिए ।















प्रतिक्रिया