काठमाडौं, १३ असोज । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग छलफल गरेको छ ।
छलफलमा मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे गलत प्रचार गरिएको बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मन्त्री अधिकारीले आठ हजार हेक्टरमा २४ लाख रूख काटेर विमानस्थल बनाउने कुरा हल्ला मात्र भएको बताए ।
२५ सय हेक्टरमा विमानस्थल बनाउने गरी प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिँदै मन्त्री अधिकारीले त्यो पनि कागजी पक्रियाकै क्रममा रहेकाले रूख काटिहाल्ने स्थिति नरहेको स्पष्ट पारे ।
‘विमानस्थल निर्माण गर्दै गर्दा सबै संरचना र आवश्यक पूर्वाधार सँगसँगै निर्माण गरौँ छिटो गरौँ भनेर प्रक्रिया अघि बढाइएको हो । आजको भोलि बन्चरो लिएर रूख काट्न जाने कुरा होइन,’ समितिसमक्ष मन्त्री अधिकारीले भने ।















प्रतिक्रिया