११ कार्तिक २०८३, बुधबार

वडाध्यक्षको चर्तिकलाले छक्कै बनायो, चकित परे मतदाता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १२ असोज । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होइन ।

तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन ।

गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलार्य चालक राखेका हुन् । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला जनप्रतिनिधिले नै मोटरसाईकल चालक सम्म पनि भर्ना गरेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

चालक घिमिरेको काम वडाध्यक्षलाई मोटरसाईकलमा राखेर उनले भनेको ठाउँमा पु¥याउनु हो ।