११ कार्तिक २०८३, बुधबार

मेयरलाई भ्रष्टाचार गर्न हुँदैन भन्दा चड्कन खाने हाकिम

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १२ असोज । भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेका छन् । कर्मचारी संगठनहरूले मेयरलाई कारबाही गर्न बिहीबार ज्ञापनपत्र बुझाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे । ‘आर्थिक कारोबारजस्तो संवेदनशील विषयमा मेयरले नियमविपरीत गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि मैले नमिल्ने जानकारी गराउँदा कुटपिट भयो,’ उनले भने । मेयरले आफूलाई ज्यान मार्नेसम्मको धम्की दिएको उनको दाबी छ ।

मेयर साहले भने गत आर्थिक वर्षको हिसाब पटक–पटक माग गर्दा पनि लेखा अधिकृतले नदिएको बताए । उनले भने, ‘बुधबार दुईजना वडाध्यक्ष तथा केही उपभोक्ता समितिका पदाधिकारीसमेत राखी उहाँलाई गत आर्थिक वर्षका हिसाब पारदर्शी गर्न आग्रह गर्दा अपशब्द प्रयोग गर्नुभयो, अनि मैले दुई झापड हानेको हुँ ।’ उनकै कारणले नगरपालिकाको खातासमेत रोक्का रहेको मेयर साहको दाबी छ ।

यता निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिले कर्मचारीलाई हातपात गर्ने मेयरलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएको छ । कारबाही प्रक्रिया अगाडि नबढे जिल्लाका सम्पूर्ण कार्यालयको आर्थिक प्रशासनसम्बन्धी कामकाज शुक्रबारदेखि बन्द गर्ने कर्मचारीहरूको चेतावनी छ ।

प्रजिअ उमेशकुमार ढकालले ट्रेड युनियनको ज्ञापनपत्र बुझेपछि नियमानुसार गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई निर्देशन दिएका छन् । ढकालले घटनाको सत्य–तथ्य पत्ता लगाई नियममा जे छ सोहीबमोजिम गर्न–गराउन निर्देशन दिएको बताए ।